१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


युरोकपमा आज ४ खेल, कसको सम्भावना कति ?


0
Shares

काठमाडौं, असार ७ । फ्रान्समा जारी युरोकप फुटबलमा मंगलबार राति ४ खेल हुँदैछन् ।

समूह ‘सी’का अन्तिम लिग खेलहरुमा जर्मनी र नर्दन आयरल्यान्ड तथा युक्रेन र पोल्यान्ड भिड्दै छन् ।

नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने खेलबाटै शीर्ष दुईमा रहेर नकआउट चरण प्रवेश गर्ने टिमको छिनोफानो हुँदैछ ।

अहिलेसम्म जर्मनी र पोल्यान्डको चार–चार अंक छ भने नदर्न आयरल्यान्डको ३ अंक छ । अंकविहीन युक्रेन भने बाहिरिइसकेको छ ।

आजको खेलमा बराबरीमात्रले पनि जर्मनीले अर्को चरणमा ठाउँ सुरक्षित गर्नेछ ।

अंकविहीन युक्रेनले अप्रत्याशित परिणाम ल्याएको खन्डमा नर्दन आयरल्यान्डको जितले पनि जर्मनीलाई अर्को चरण पुग्न कसैले रोक्न सक्ने छैन ।

यसैगरी राति (बुधबार बिहान) पौने १ बजे समूह ‘डी’का अन्तिम चरणका खेल हुँदैछन् ।

खेलमा स्पेन र क्रोएसिया तथा चेक गणतन्त्र र टर्की भिड्ने कार्यक्रम छ ।

स्पेन शतप्रतिशत नतिजाकासाथ अर्को चरणमा प्रवेश गरिसकेको छ भने क्रोएसियाको ४ तथा चेक गणतन्त्रको १ अंक छ ।

अंकविहीन टर्की भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।