
कोकिला ढकाल (इमेज)
इलाम, असार ७ । इलामको पशुपतिनगरबाट १८ किलो लागूऔषध चरेससहित पक्राउ परेका तीनजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा धादिङ सेर्तुङका ३५ वर्षीय बुद्धिलाल तामाङ, रुपन्देही गजेडीका होमबहादुर पुन र गाडीचालक भारत, दार्जिलिङका मिलन भन्ने टाँसी शेर्पा रहेका छन् ।
प्रहरीले सोमबार भारतीय नम्बर प्लेटको टाटासुमोबाट चरेस बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले नियमित चेकजाँचकाक्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको उक्त गाडीबाट सुटकेश र ‘ह्यान्ड ब्याग’मा अलग–अलग राखिएको अवस्थामा ९–९ किलो चरेसका प्याकेट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्