
काठमाडौं, असार ७ । इजिप्टको एक अदालतले दुईओटा ‘रेड सी’ टापु साउदी अरबलाई दिने सरकारी निर्णय उल्ट्याइदिएको छ ।
तर, सरकारले उच्च न्यायालयमा अझै अपील भने गर्न सक्ने छ ।
गत अप्रिलमा राष्ट्रपति अब्दुल फत्तह अल सीसीले साउदी भ्रमणकाक्रममा तिरान र सानाफिर नाम गरेका ती टापु फिर्ता गर्ने घोषणा गरेका थिए ।
राष्ट्रपति सीसीको यो घोषणालाई लिएर चर्किएको विरोधमा सयौंलाई पक्राउ गरिएको थियो ।
उनले ती टापु साउदी अरबकै भएको भन्दै आफ्नो निर्णयको बचाऊ गरेका थिए ।
सन् १९५० देखि साउदी अरबको आग्रहमा इजिप्टको सेनाले ती टापुको सुरक्षार्थ सेना तैनाथ गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्