९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अनौठो ताल, जहाँ पानी हमेसा उम्लिरहेको हुन्छ


0
Shares

न्यूजिल्याण्ड, असार ७ । न्यूजिल्याण्डको वेमांगु ताल तातोपानी भएको विश्वकै सबैभन्दा ठूलो ताल हो । यो तालको पानी ५०–६० डिग्री सेन्टिग्रेडसम्म तातो हुन्छ ।

तालमा पानी हमेसा उम्लिरहेको हुन्छ । हमेसा यो तालबाट बाफ उठिरहेको देख्न सकिन्छ । तातो पानीकै कारण तालमा खसेको खण्डमा मानिसको मृत्यु हुन सक्छ ।

तालको सतहमा कार्बन डाइअक्साइड र हाइड्रोजन सल्फाइड ग्यास उम्लिएर निस्कने गर्दछ ।

भनिन्छ, यो ताल सन् १८८६ मा ज्वालामुखी विस्फोटबाट बनेको हो । ३८ हजार वर्गमिटर क्षेत्रफलमा रहेको यो ताल ६ मिटर गहिरो छ । (एजेन्सी)