
नवलपरासी, असार ६ । फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा सोमबार मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताए ।
कर्तव्य ज्यानअन्तर्गत् मुद्दा दर्ता गरिएको हो ।
अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्