
काठमाडौं, असार ६ । फ्रान्समा जारी युरोकप फुटबलमा सोमबार राति समूह ‘बी’का अन्तिम लिग खेलहरु हुँदैछन् ।
नेपाली समयअनुसार राति (मंगलबार बिहान) पौने १ बजे हुने खेलहरुमा इंग्ल्यान्डले स्लोभाकियासँग तथा रुसले वेल्ससँग खेल्दैछन् ।
समूहमा इंग्ल्यान्डको ४ अंक छ भने स्लोभाकियाको ३ अंक छ । यो खेलमा बराबरीमात्र खेले पनि इंग्ल्यान्ड अर्को चरणमा प्रवेश गर्नेछ ।
त्यस्तै, वेल्सको ३ तथा रुसको १ अंक रहेका अवस्थामा अर्को चरणमा पुग्न रुसले जितेरमात्र पुग्नेछैन इंग्ल्यान्ड र वेल्सको खेलले पनि असर पार्नेछ । वेल्सलाई पनि जित्नैपर्ने जरुरी छ ।
अहिलेसम्म कुनैपनि टिम अर्को चरणमा नपुगिसकेको अवस्थामा गोलअन्तरलेसमेत निकै महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
यसअघि, आइतबार राति समूह ‘ए’बाट फ्रान्स र फ्रान्ससँग गोलरहित बराबरी खेल्दै स्वीट्जरल्यान्ड प्रिक्वार्टरफाइनलमा पुगेको छन् ।
युरोकपमा ६ ओटा समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा आउने ६ टोलीमध्ये उत्कृष्ट ४ टोली अर्को चरणमा प्रवेश गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्