
काठमाडौं, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीले गराएको आत्मघाती बम विस्फोटमा १४ जना नेपाली मारिएका छन् ।
नेपाली सुरक्षागार्ड चढेको मिनिबसमा पैदलयात्रीले गराएको आत्मघाती विस्फोटमा परी उनीहरुको मृत्यु भएको हो ।
आक्रमणमा ९ जना घाइते भएका छन् । जसमध्ये पाँचजना नेपाली र चारजना अफगानी रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
मारिनेहरु साब्रे सेक्युरिटी कम्पनीमार्फत् काबुलस्थित क्यानेडाली दूतावासमा सेक्युरिटी गार्डकोरुपमा कार्यरत् थिए ।
जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको घटनाको जिम्मेवारी तालिबानले लिएको छ ।
सुरक्षा गार्ड चढेका दुईओटा गाडीमध्ये एउटा गाडी निस्केपछि अर्कोमा आत्मघाती विस्फोट भएको अफगानी गृह मन्त्रालयले जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान करिब पौने ६ बजे काबुलमा गुडिरहेको मिनिबसमा आत्मघाती विस्फोट गराएको हो ।
घटनाबारे थप जानकारीका लागि पाकिस्तानस्थित कार्यबाहक राजदूत तीर्थराज अर्याललाई काबुल पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्