
मस्को, असार ६ । रुसको लेक साइड श्यामोजिरोमा आँधीका कारण डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
छुट्टी मनाउन गएका ५१ जना चढेको डुंगा आँधीको चपेटमा पर्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश केटाकेटी छन् ।
१२ देखि १५ बर्षका ४७ केटाकेटी चढेको उक्त डुंगामा ४ जना भने पाका उमेरका ब्यक्ति थिए । केहीले भने ज्यान जोगाउन सफल भएका छन् । घटना लगत्तै हेलिकप्टर परिचालान गरी उद्दार गरिएकाले केहीलाई बचाउन सम्भव भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्