
तीर्थराज भट्टराई –
भौगोलिक हिसाबले नेपाल विश्व मानचित्रमा सानो भएपनि सांस्कृतिक र प्राकृतिक हिसाबले विश्वका ठूलाठूला देशलार्इ चुनौती दिनसक्ने साहस बोक्छ तर देशकै आन्तरिक राजनैतिक खिचातानीले अहिलेसम्म यो अवसर नजुरेकोमा दुर्इमत नहोला ।
देशमा अनेकौं राजनैतिक उपलब्धि भए, फलस्वरुप राजनीतिक दल र तिनका नेताहरु कोही मोटाए त कोही अझै संघर्ष मै तल्लिन छ्न् तर देश जस्ताको तस्तै छ भन्दा फरक नपर्ला । जहानियाँ राणाशासन अन्त्यपछि प्रजातन्त्र, त्यसपछिको बहुदलीय ब्यवस्था अनि ०६२/०६३ को जनआन्दोलनपछि मुकुकमा गणतन्त्र वा जनतन्त्र स्थापना हुनु पनि एक उपलब्धि नै मानिन्छ तर यसलार्इ अहिले केवल राजनैतिक उपलब्धि मान्नेहरुको ताँती पनि बढेर गएको छ । जनता हरेक राजनैतिक परिवर्तनसँगै देशको विकासको परिवर्तन पनि चाहन्थे, सँधै लाखौँ जोसिला युवाहरु झोला बोकेर प्रदेशमा लाग्नुभन्दा स्वदेशमै सक्षम रोजगारीको अवसर चाहन्थे तर यो सम्भव अहिलेसम्म भएको थिएन ।
वि.सं.२०५१ सालको मध्यावधि चुनावपछि गठित मनमोहन सरकारले जनतामा केही आशा ल्याएको थियो, जस्तैस् सत्तरी बर्षमाथिका बृद्धबृद्धालार्इ भत्ता दिने, आफ्नो गाउँ आफैँ बनाउ अभियान र देशमा स्वरोजगारीको योजना । तर यस्ता जनप्रिय योजना देखेर वा आफ्नो अस्तित्व सकिने डरले नेपाली काङ्ग्रेसले सरकार गठन भएको नौ महिनामै ढलाएर फेरि जनतामा निराशा पैदा ग¥यो । त्यसपछि समाजवादको नारा घन्काएर पटक–पटक सत्ता सम्हाल्दै आएको काङ्ग्रेसले आफ्ना आसेपासे बाहेक गरिब जनता र देशकालागि केही गर्न सकेन । फलस्वरुप एकातिर माओवादीले जनयुद्धको नाममा देशलार्इ पछि धकेल्यो त अर्कोतिर नेपाली काङ्ग्रेसको सत्ता लिप्साले समृद्धि देखिएन । गणतन्त्र पछि पनि धेरै सरकार आए, सत्र हजारको लासमाथि होली खेलेर आएको मावोवादीले पनि दुर्इपटक सरकार चलायो तर जनता र देशको समस्या जस्ताको तस्तै । उनका क्रान्तिकारी नाराहरु भाषणमै मात्र सिमीत रहे र सत्ताको मात चढेको माओवादी आफ्नो पेट भर्नमै ब्यस्त रह्यो, झुपडीको बासलार्इ बिर्सेर महलमा रमाउनै मस्त रह्यो ।अनि जनता सँधै पीडै पीडामा बाँच्नुपर्ने स्थिती र जोसिला युवा सँधै विदेशिनुपर्ने लहरले निरन्तरता पाएरै छोड्यो ।
तर समयको रफ्तारसँगै आज देशले गणतान्त्रिक संविधान पाएको छ । देश विकास गर्ने खाका पाएको छ र एउटा रास्ट्रावादी, साहसी, विकासप्रेमी प्रधानमन्त्री पाएको छ । यो तथ्य हाम्रा खुला नजरले देख्न सफल भएकै छौं । हिजो देशमा बढेको राजनैतिक भ्रष्टाचार, रोजगारीको समस्याले मजस्ता लाखौं युवाहरु खाडी र संसारभरका मुलुकमा रोजगारीका लागि वा आफ्नो र परिवारको पेट पाल्न अनि जीवनस्तर उकास्न हिडेको तथ्य सार्वजनिक नै छ तर हामी पनि सँधै यो समस्या हामीमा नपरोस भन्ने चाहन्छौ वा हाम्रा भावी सन्ततिले परिवारको नजरबाट अलग हुन नपरोस् भन्ने चाहन्छौं । त्यसको लागि हाम्रा देशका नेताले केही गरिदिउन्, देशलार्इ समृद्धिको दिशातर्फ लगिदिउन् भन्ने हाम्रो हृदयदेखि कै चाहना हो । हाम्रो देश प्राकृतिक श्रोत साधनले भरिभराउ नभएको पनि हैन, यहाँ जडिबुटीदेखि कच्चा तेलका भण्डार, ग्यासका खानीहरु प्रशस्तै छ्न् भन्ने विभिन्न अध्ययनहरुले पुष्टि गरेकै छ । यतिका श्रोतहरु हुँदा हुँदै पनि देशको राजनैतिक खिचातानी अनि भारतीय विस्तारवादी नितीले हामी सँधै पछाडि छौं र परदेशमा श्रम बेच्न बाध्य छौं ।
यो तितो सत्यलार्इ बुझेर आज हाम्रो देशमा केही गर्छु भनी कम्मर कस्नुभएका प्रधानमन्त्री केपी ओलीको साथमा छन् प्रवासका सारा सचेत युवाहरु । कसैले सपना नदेखेरै हो आज हामी विश्वमा पछि परेको र भारतसँग एकपक्षीय हेपिएको । सपना नदेख्दा हुन् त आज विश्वका तमाम राष्ट्रहरुले यो प्रगती हामीसामु प्रस्तुत गर्थेनन् । हामी बसेको यो विशाल मरुभुमि आज विश्वमा प्रविधि र विकासको कम्पिटीसनमा छ र हामी नेपाली चाहिँ स्विजरल्याण्ड र सिङ्गापुर भन्दै आफ्नो देशको योजना र विकासलार्इ भाषणमा मात्र सिमीत राख्दछौं । त्यसकारण अब देशमा विकास गर्ने भिजन ल्याएर अगाडि बढ्नु भएका आजका युग पुरुषलाई हामीले समर्थन गर्नैपर्छ भनी हरेक नेपालीले यहाँ ‘आइ एम विथ केपी ओली’ को लहर नै चलाएका छ्न् ।
गतवर्षको विनासकारी भूकम्पको प्रभाव र त्यसपछि भारतीय शासक र नेपालमा रहेका तिनका एजेण्टहरुको सामुहिक नाकाबन्दीलार्इ शीर नझुकाइ बिस्थापित पार्नु, सदियौंदेखिको भारतसँगको एकपक्षीय ब्यापार सम्झौता तोडी चीनसँग विभिन्न सन्धिसम्झौता वा पारवहन सम्झौता गर्नु, देश विकासका खाकाहरु अघि बढाइ चीनको तिब्बतबाट आगामी दुई बर्षमा रसुवागढी, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्मको रेलसेवा विस्तार गर्ने योजना अनि सर्बे गर्न सुरु गर्नु, पेट्रोलियम पदार्थको सम्भाब्यतालार्इ अध्ययन गरि सम्भावित ठाउँमा उत्खनन्को काम सुरु गर्नु, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बजेट फर्छ्यौट गरि काम अघि बढाउनु, दुई वर्षभित्र देशलार्इ तुइनमुक्त बनाउने अभियानमा लाग्नु अनि लोडसेडिङलाई सकेसम्म छिटोभन्दा छिटो कम गर्ने अभियानस्वरुप विभिन्न हाइड्रोपावरहरुमा लगानीको वातावरण सुनिश्चित गर्नु, देश विकासका लागि जनपक्षीय बजेट ल्याएर जनमनमा उत्साह पैदा गर्नुजस्ता लोकप्रिय कामहरु र देशलार्इ अब आर्थिक क्रान्तिको बाटोमा अघि सार्ने योजना बनाउनु अहिलेसम्म कुनै माइकालालले सोचेका पनि थिएनन् र प्रधानमन्त्री ओलीले यी योजनाहरु ल्याएर कार्यान्वयनका लागि अघि बढ्नु भएको छ ।
हामी प्रवासमा रहेका नेपालीले देश सँधै नेताले लुटुन्, आफ्ना र आसेपासेकोमात्र समृद्धि गरून् भन्ने पक्कै सोच्दैनौं । हामीमार्फत अरबौं रेमिटेन्स सरकारको ढुकुटीमा जम्मा हुन्छ त्यो रकमको उचित कार्यान्वयन होस् र देशले केही पाओस् भन्ने चाह हुन्छ । प्रधानमन्त्री ओलीले मात्र अहिले यो अभियानलार्इ सार्थकता दिन सक्नुहुन्छ भन्ने हामीमा पुर्ण विस्वास छ, त्यसैले अहिले प्रवासमा उहाँलाई हौसला दिन हामीमा एउटा लहरै चलेको छ । कहिले अडियो रेकर्डिङ मार्फत सारा जनतालार्इ सन्देश र उहाँको सपनालार्इ साथ दिन आग्रह गर्छौ त कहिले सामाजिक सन्जालमार्फत विपक्षीलार्इ खबरदारी र उहाँलाइ उत्साह दिन्छौं । प्रधानमन्त्री ओलीको यो अभियानले हामीमा ठूलो आशा पलाएको छ, प्रवासका लगभग ९० प्रतिशत सचेत युवाहरु उहाँको पक्षमा खुलेरै लागेका छ्न् त बाँकी केही राजनैतिक दलका पगरी समाउनेहरु बाहिरबाट नभए पनि भित्री मनबाट समर्थन गरिरहेका छन् । म युएइमा लगभग एघार बर्षबाट बसिरहेको छु र यहाँका प्रायः लेबर क्याम्प अनि विभिन्न ओहोदामा काम गर्ने नेपाली माझ पुगेको छु । सबैको एउटै उत्साह र बोली, अबको समृद्ध नेपाल बनाउने मात्र केपी ओली भन्ने आवाज गुन्जिरहेको हुन्छ । सबैले ‘अबको राजनैतिक आस्था भनेकै नेकपा एमाले हो, केही गर्छ त एमालेले गर्छ अरु सबै जोगी कानै चिरेका हुन् ,उनीहरुलाइ देशको माया छैन, भारतको भक्ति र कमिसनमै खुसी छ्न्’ भन्ने आवाजहरु सुन्छु र बेलुका आएर टन्न खाना खाएर प्रधानमन्त्री केपी ओलिलार्इ धन्यवादका साथ भगवानसँग दीर्घायुको कामना अनि अबको चुनावमा नेकपा एमालेलाइ दुई तिहाइ बहुमतका साथ देश निर्माणमा सहयोग गर्न प्रार्थना गर्दछु ।
प्रतिक्रिया दिनुहोस्