
वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो नियमित छुट्टीका क्रममा विभिन्न स्थान घुम्न जाने गर्दछन् । उनी रेस्टुरेन्ट जानेदेखि दिएर बास्केटबल म्याच हेर्न जानेसम्मका कार्यतालिकालाई छुट्टी मनाउने क्रममा सम्पन्न गर्दछन् ।
यसैक्रममा हालै उनी आफ्नो परिवारका साथ क्यालिफोर्नियास्थित योशेमिटे नेशनल पार्कमा छुट्टी मनाउन गएका छन् ।
पार्कमा आएका बालबालिकासँग राष्ट्रपति ओबामाले खुब रमाइलो गरे । बालबालिकाहरुसँग खेल्दै उनले लडेको नाटक गरे । लगत्तै उनले बालबालिकासँग मद्दत पनि मागे ।
राष्ट्रपति लडेको देखेपछि हतार–हतार बालबालिकाले आफ्नो हात दिएर उनलाई उठाए ।
अमेरिकी प्रथम महिला भने राष्ट्रपतिका यी गतिविधिलाई नियाँलेर मनोरञ्जन लिइरहेकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्