
रुकुम, असार ५ । रुकुम भ्रमण वर्षको अवसरमा रुकुममा राप्ती अञ्चलस्तरीय लोकनाच प्रस्तुत गरिएको छ ।
जिल्ला पर्यटन बिकास समन्वय समिति र राप्ती अंचल पर्यटन प्रवर्द्धन समितिको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा राप्ती अञ्चलका ५ वटै जिल्लाका लोकनाच र झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्यूठानको सराय नाच प्रथम, रुकुमको मयूर नाच दोस्रो, दाङ्गको थारु नाच तेस्रो र सल्यानको बनगारी नाच र रोल्पाको डाँफे मजुर नाचले सानत्वना पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्