१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


साउन ६ गते बजाज पल्सर स्पोर्टस् अवार्ड वितरण गरिने


0
Shares

काठमाडौं, असार ५ । बजाज पल्सर स्पोर्ट्स अवार्डको १२ औं संस्करण यही साउन ६ गते हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने यस अवार्डमा हंसराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सरले गर्दै आएको प्रायोजनलाई निरन्तरता दिएको छ ।

प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार दुई पक्षबीच हस्ताक्षर भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य तथा बजार पल्सरको तर्फबाट हंशराज हुलाशचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरे ।

विगत ८ वर्षदेखि स्पोर्ट्स अवार्डलाई प्रायोजन गर्दै आएको पल्सरले थप ५ वर्ष प्रायोजन गर्ने भएको छ ।

पल्सर स्पोर्ट्स अवार्डमा यसपटक पनि विभिन्न ८ विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । यी ८ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, लोकिप्रिय खेलाडी, लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्षको पारा खेलाडी तथा स्पेशल अवार्ड रहेका छन् ।

वर्ष २०७२ मा नेपाली खेलाडीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामान गरेको प्रदर्शनको आारमा उत्कृष्ट खेलाडी घोषणा गरिनेछ ।