८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बलात्कार आरोपमा भारतीय क्रिकेट टिमको सदस्य जिम्बाबेमा पक्राउ


0
Shares

हरारे, असार ५ । जिम्बाबे भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका एक सदस्यलाई बलात्कार आरोपमा जिम्बाबे प्रहरीले पक्राउ गरेको छ ।

हरारेका प्रहरी अधिकारीले भारतीय क्रिकेट टिमका सदस्यलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई भारतीय टिम बसेकै होटलमा बलात्कार गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । ती महिलाका अनुसार भारतीय टिम बसेकै होटलमा घुमिरहेको अवस्थामा उनलाई लागू औषध दिएर बेहोस बनाई कोठामा लगेर बलात्कार गरिएको हो ।

बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन । आरोपी भारतीय क्रिकेट टिमको खेलाडी हो वा कर्मचारी हो भन्ने प्रष्ट भइसकेको छैन । यद्यपि जिम्बाबे प्रहरीले ती व्यक्तिलाई अदालतमा उपस्थित गराइसकेको जानकारी दिएको छ । (एजेन्सी)