
कायरो, असार ५ । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई आजन्म कारावासको सजाय तोकिएको छ । इजिप्टकै एक अदालतले मोर्सीलाई जासुसीको अपराधमा उक्त सजाय तोकेको अधिकारीहरुले जनाएका छन् ।
इजिप्टमा आजीवन कारावासको सजाय २५ वर्षको हुन्छ । यस अतिरिक्त उनलाई राष्ट्रिय सुरक्षा सम्बन्धी दस्तावेज चोरी गरेको आरोपमा थप १५ वर्ष जेल सजाय तोकिएको छ ।
पूर्वराष्ट्रपति मोर्सीलाई यसअघि एक अर्को अपराधमा अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।
अदालतले दुई पत्रकारसहित ६ जनालाई फाँसीको सजाय तोकेको छ ।
उक्त फैसलामा पुनरावलोकनको माग गर्न ३० दिनको समय तोकिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्