
काठमाडौं, असार ५ । जापानको ओकिनावामा अमेरिकी सेनाको भारी उपस्थितिलाई लिएर प्रदर्शन भएको छ ।
कर्मचारीका रुपमा नियुक्त भएका पूर्व अमेरिकी जल सेनाले स्थानीय एक महिलालाई बलात्कार गरि हत्या गरेकोपछि स्थानीय थप आक्रोसित भएका हुन ।
उनीहरुले ओकिनावाबाट अमेरिकी सेनाको वेस नै हटाउनुपर्ने माग अघि सारेका छन् । ओकिनावमा २६ हजार अमेरिकी सेना तैनाथ छन् ।
उनीहरु अमेरिका जापानको सुरक्षा गठबन्धनअन्तर्गतको महत्वपूर्ण भूमिकामा छन् । दोस्रो विश्व युद्धपछि ओकिनावा २७ वर्षसम्म अमेरिकाको नियन्त्रणमा थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्