
काठमाडौं, असार ५ । कतिपय शब्द, संगीत र स्वरको तालमेल अनि म्यूजिक भिडियो पनि उस्तै तयारी गर्न सक्यो भने दर्शकको मन जित्न गार्हो पर्दैन् ।
एउटा म्यूजिक भिडियो त्यस्तै बनेको छ, जसलाई हेर्दा हेर्दै आँशु बगेको पत्तो नै पाईंदैन् । नायिका केकी अधिकारी र गायक तथा नायक बाबु बोगटीले ‘मर्छु सजिलै तर, काख तिम्रो होस’ बोलको गीतमा गरेको अभिनयले निकै भावुक बनाउँछ ।
संचारकर्मी तथा निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा रोगीका रुपमा बाबुलाई देखाइएको छ । रोगका कारण डाक्टरले बाबुको मृत्यु ६ महिनाभित्र हुने संकेत गरेपछि केकी र बाबुको आँखाबाट बलिन्द्र आँशु बगेको देखिन्छ ।
नव गीतकार सौरभ तिमिल्सिनाको शब्द रहेको ‘पाउजु’ एल्बममा समावेश गरिएको गीतलाई किरण गजमेरले स्वर दिएका छन् । उनलाई प्राश्ना शाक्यले साथ दिएकी छिन् । प्रेम, पीडा र विछोडको रुपमा देखाइएको भिडियोले धेरैको मन छोएको छ ।
प्रतिक्रिया दिनुहोस्