
काठमाडौं, असार ५ । बेल्जियममा प्रतिआतंकवादको कारवाहीमा पक्राउ परेका तीन जनालाई आतंकवादी आक्रमणसम्बन्धी मुद्धा चलाइने भएको छ ।
उनीहरु ब्रसेल्स्मा तीन महिनाअघि भएको घातक बम विष्फोटपछि गरिएको अपरेसनका क्रममा पक्राउ परेका १२ जना मध्ये हुन् ।
बाँकी नौ जनालाई छाडिएको सरकारी अभियोजनकर्ताले जनाएका छन् । सोधपुछका लागि ४० भन्दा बढीलाई पक्राउ गरिएको थियो ।
प्रहरीले १६ वटा नगरमा खोजी कारवाही चलाएको थियो । ब्रसेल्स आसपासका नगरका १ सय ५२ वटा बन्द मोटर ग्यारेजको पनि खानतलासी गरिएको थियो ।
बेल्जियममा पछिल्लो समय आईएसबाट आक्रमणका धेरै चेतावनीहरु आएको बताइन्छ । तर बेल्जियम सरकारले आतंकवादी आक्रमणको खतराको स्तर बढाएको छैन ।
सिरिया छोडेर यूरोप तर्फ इस्लामिक अतिवादी समुह आईएसले नयाँ आक्रमणको योजना बनाएको चेतावनी बेल्जियम प्रहरीले पाएको बताइन्छ ।
गत मार्च २२ मा ब्रसेल्स्को विमानस्थल र मेट्रो स्टेसनमा गरिएको बम विष्फोटमा ३२ जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्