१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


भेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा


0
Shares

काठमाडौं, असार ५ । भेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ ले हरायो ।

खेलको ८ औं मिनेटमै अर्जेन्टिनाका गोन्जालो हिगुवानले पहिलो गोल गरे । २८ औं मिनेमा हिगुवानले दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० औं मिनेटमा लियोनल मेस्सीले एक गोल गर्दै टोलीलाई ३–० सम्म पु¥याए । यसको १० मिनेटपछि भेनेजुएलाका होजे सालोमोन रोन्डनले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर ७१ औं मिनेटमा अर्जेन्टिनाका एरिक लामेलाले एक गोल थप्दै टोलीलाई फराकिलो जित दिलाएका छन् । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि अमेरिकासँग खेल्ने छ ।

कोपा अमेरिका फुटबलको अन्तिम क्वाटरफाइनलमा आजै मेक्सिको र चिली भिड्नेछन् । यो खेल अहिले बिहान पौने ८ बजे सुरु हुँदैछ । यसअघि कोलम्बिया र अमेरिका आ–आफ्ना खेलमा विजयी हुँदै सेमिफाइनलमा पुगिसकेका छन् ।