
काठमाडौं, असार ४ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी एथ्लेटिक्स् टिमलाई रियो ओलम्पिकलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाइ राख्नु अनुचित भएको बताएका छन् ।
पुटिनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिलाई हस्तक्षेप गर्न पनि आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय एसोसियसन अफ एथ्लेटिक्स् फेडेरेसन आइएएएफले राज्यबाट प्रायोजित डोपिङ भएको आरोप लगाउँदै रुसी एथ्लेटिक्स् टिममाथिको प्रतिबन्ध नहटाउने निर्णय गरेको छ ।
तर व्यक्तिगत रुपमा भने आफू स्वच्छ रहेको प्रमाणित गरेका रुसी खेलाडीले तटस्थ रुपमा प्रतियोगितामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्