
सुवर्ण श्रेष्ठ (इमेज)
हेटौंडा, असार ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको राक्सिराङ इलाका वन कार्यालयका सहायक अधिकृत रामकृष्ण कुशलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको मध्यमाञ्चल क्षेत्रीय टोलीले उनलाई शुक्रबार साँझ हेटौंडाबाट पक्राउ गरेको हो ।
हेटौंडा उपमहानगरपालिका राप्तीरोडस्थित लामा होटल एन्ड गेस्ट हाउसबाट उनलाई १ लाख ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको हो ।
विलाउने सामुदायिक वन उपभोक्ता समितिले राक्सिराङ इलाका वन कार्यालयबाट लिलाम गरेको काठ सम्पूर्ण प्रक्रिया पुर्याइ स्थानान्तरण गर्न खोज्दा सहायक अधिकृतले स्वीकृतिका लागि घुस लिएको अख्तियारको आरोप छ ।
पक्राउ परेका कुशमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्