
काठमाडौं, असार ४ । पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत् शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो ।
निर्धारित् ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
पेनाल्टीमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले जित हासिल गर्यो ।
फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ ।
यसअघि नै सेमिफाइनलमा पुगेको अमेरिकाले अर्जेन्टिना र भेनेजुएलाबीचको विजेतासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्