
काठमाडौं, असार ४ । इराकी प्रधानमन्त्री हैदर अल अबादीले इराकी सेनाले फलुजा सहर नियन्त्रणमा लिएको बताएका छन् ।
प्रधानमन्त्री अबादीले फलुजाका केही स्थानमा ‘इस्लामिक स्टेट’का लडाकू रहे पनि केही घन्टाभित्रै उनीहरुलाईसमेत हटाएर पूर्णरुपमा नियन्त्रणमा लिने बताए ।
त्यहाँको सरकारी टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै उनले ‘आइएस’ले कब्जामा लिएको सहरलाई सेनाले पुनः नियन्त्रणमा लिएको बताएका हुन् ।
उनले सेनाको लक्ष्य अब इराकका उत्तरी सहर मोसुललाई नियन्त्रणमा लिने भएको बताए । मोसुललाई आइएसको गढ मानिँदै आएको छ ।
आइएसले सन् २०१४ को जनवरीमा फलुजा सहरलाई कब्जामा लिएको थियो ।
औद्योगिक क्षेत्र रहेको उक्त सहर आइएसको कब्जामा गएपछि केही उद्योग महिनौंदेखि बन्द रहँदा इराक सरकारलाई करौडौंका घाटा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्