१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


टर्कीमाथि शानदार जित निकाल्दै स्पेन दोस्रो चरणमा


0
Shares

काठमाडौं, असार ४ । साविका विजेता स्पेन युरोकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा शानदार जित दर्ता गर्दै स्पेन समूह चरणको एक खेलअघि नै अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनले फ्रान्सको नाइसमा भएको खेलमा टर्कीलाई ३–० ले हरायो । स्पेनको जितमा अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे ।

समूह ‘डी’मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई १–० ले हराएको थियो । टर्कीको भने यो दोस्रो हार हो ।

पहिलो खेलमा क्रोएसियासँग १–० ले पराजित भएको टर्की भने लगातार दोस्रो हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।