१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


क्रोएसिया अन्तिम १५ मिनेट सम्हालिन नसक्दा चेक रिपब्लिकसँग अंक बाँड्न बाध्य


0
Shares

काठमाडौं, असार ४ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिक र क्रोएसियाबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको छ ।

शुक्रबार राति भएको खेलको ७५औं मिनेटसम्म २–० को अग्रता लिएर पनि क्रोएसिया बराबरीमा रोकिन बाध्य भयो ।

३७औं मिनेटमा इभान पेरिसिकले गोल गरेपछि पहिलो हाफमा क्रोएसियाले १–० को अग्रता लियो । ५९औं मिनेटमा इभान रेकिटिकले क्रोएसियाको अग्रता दोब्बर पारे । चेक रिपब्लिकलाई दबाबमा राखे पनि क्रोसिएसनले अग्रता जोगाउन सकेन ।

७५औं मिनेटमा मिलान स्कोडा तथा ८९औं मिनेटमा टोमस नेसिडले पेनाल्टीमार्फत् गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो र क्रोएसिया चेक रिपब्लिकसँग अंक बाँड्न बाध्य भयो ।

समूह ‘डी’मा रहेको क्रोएसियाको चार तथा चेक रिपब्लिकको एक अंक भएको छ ।

पहिलो खेलमा क्रोएसियाले टर्कीलाई १–० ले हराएको थियो । चेक रिपब्लिक भने स्पेनसँग १–० ले पराजित भएको थियो ।