
अनिल तिवारी (इमेज)
वीरगन्ज, असार ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले वीरगन्जका ९ जना चिकित्सकलाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्ने चिकित्सकहरुमा कुशराज गिरी, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह खान, इरसाद उल्हक, निमेषरमण पाल र रामकुमार प्रधान छन् ।
सीआइबीका डीएसपी फिरोज बस्नेतको नेतृत्वमा काठमाडौंबाटै आएको टोलीले उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज र विभिन्न नर्सिङहोमबाट पक्राउ गरेको हो ।
जसमध्ये चारजना नेसनल मेडिकल कलेजका रहेका छन् भने अरु नारायणी उपक्षेत्रीय अस्पताल तथा निजी क्लिनिकमा कार्यरत् चिकित्सक हुन् ।
नक्कली सर्टिफिकेटको आशंकामा उनीहरुलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
पक्राउ गरिएका ९ जनालाई नै थप अनुसन्धानका लागि शुक्रबारै काठमाडौं लगिँदै छ ।
चिकित्सकहरु पक्राउ परेको विरोधमा वीरगन्जस्थित सबैजसो अस्पतालमा शुक्रबार ओपीडी सेवा बन्द गरिएको छ ।
उता, पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठले पनि केन्द्रबाटै आएको टोलीले चिकित्सकहरुलाई पक्राउ गरेको र आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्