१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


युरोकप फुटबलमा आज तीन भिडन्त


0
Shares

काठमाडौं, असार ३ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा शुक्रबार पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ७ बजे इटाली र स्वीडेन भिड्दै छन् ।

समूह ‘डी’को यो खेलमा पहिलो चरणमा इटालीले बेल्जियमलाई २–० ले हराएको थियो भने स्वीडेनले आयरल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाएको थियो ।

आजको खेल जिते इटाली एक खेल खेल्न बाँकी छँदै अर्को चरणमा पुग्नेछ । पराजित भए समूहको अन्तिम खेलसम्म कुर्नुपर्नेछ ।

राति पौने १० बजे समूह ‘डी’को खेलमा चेक गणतन्त्र र क्रोएसिया भिड्दै छन् ।

त्यस्तै राति (शनिबार बिहान) पौने १ बजे स्पेन र टर्की खेल्ने कार्यक्रम छ ।