९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बलात्कार गर्नेलाई ९ वर्ष ६ महिना कैद


0
Shares

इलाम, असार ३ । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको बिहीबार सुनुवाइ गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम ९ वर्ष कैद सुनाएको हो ।

यस्तै, हाडनाता करणी मुद्दामा राईविरुद्ध सोही महलको २ नम्बर बमोजिम हाडनाता करणीको ३ (१) मा व्यवस्था भएअनुसार थप ६ महिना कैद र ५० हजार रूपैयाँ पीडितका नाममा क्षतिपूर्ति भराउने गरी फैसला सुनाइएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । (रासस)