
काठमाडौं, असार २ । युरोकप फुटबलमा विहीबार तीन खेल हुँदै छन् ।
प्रतियोगितामा अहिले साँझ इंग्ल्यान्ड र वेल्सबीच खेल हुँदैछ । वेल्सले पहिलोपटक युरोकपमा सहभागिता जनाएको हो ।
इंग्ल्यान्ड र वेल्सबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अपेक्षा गरिएको छ ।
विहीबार नेपाली समयअनुसार पौने १० बजे नर्दन आयरल्यान्डले युक्रेनको सामना गर्दैछ ।
यस्तै, राति (शुक्रबार बिहान) पौने १ बजे जर्मनी र पोल्यान्ड भिड्दै छन् ।
यसअघि, बुधबार अल्बानियालाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
प्रतिक्रिया दिनुहोस्