८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भेनेजुयलामा खाद्यान्न संकट चुलिएपछि लुटपाट र दंगा भड्कियो, ४०० जना पक्राउ


0
Shares

काठमाडौंं, असार २ । ल्याटिन अमेरिकीमुलुक भेनेजुयलामा खाद्यान्न संकट चुलिएपछि लुटपाट र दंगा भड्किएको छ ।

तटीय सहर कुमानामा एक सयभन्दा बढी पसल लुटिएका छन् भने हिंसाका कारण कम्तिमा एकजनाको मृत्यु भएको छ । लुटपाटमा संलग्न ४ सयभन्दा बढीलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

भेनेजुयलामा अहिले विश्वकै सबैभन्दा उच्च मुद्रास्फीति १ सय ८० प्रतिशत छ । अनुदानको खाद्यान्न लिन मानिसको घन्टौं लाइन लाग्ने गरेको छ ।

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा खाद्यान्न अभाव भएको भन्दै विपक्षीले सरकारमाथि दोष लगाएका छन् । खाद्यान्न र औषधिको अभावसँगै सडक प्रदर्शनसमेत सुरु भएको छ ।

अर्थतन्त्रलाई सही दिशा दिने सरकारी रणनीतिका कारण अहिलेको स्थिति देखिएको त्यहाँको सरकारी भनाइ छ । (एजेन्सी)