८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सहारा मरुभूमिमा ‘३४ जना आप्रवासीको शव फेला’


0
Shares

काठमाडौं, असार २ । अफ्रिकीमुलुक नाइजरले अल्जेरियासँगको सीमानजिक सहारा मरुभूमिमा ३४ जना आप्रवासीको शव फेलापारेको जनाएको छ ।

जसमा २० जना बालबालिकाको शव रहेको छ ।

नाइजरका आन्तरिकमन्त्री बाजुम मोहम्मदले आप्रवासीहरुको मृत्यु पानी पिउन नपाएर भएको र उनीहरुलाई मानव तस्करले अलपत्र पारेर छाडेको बताएका छन् ।

लिवियामा राजनीतिक अस्थिरता चुलिएपछि आप्रवासीले नाइजरलाई युरोप प्रवेश गर्ने मार्गकोरुपमा प्रयोग गरेका छन् ।

गत वर्षमात्र १ लाख २० हजार आप्रवासी नाइजर हुँदै युरोप छिरेका थिए । (एजेन्सी)