
काठमाडौं, असार २ । युरोकप अन्तर्गत रुस र इङ्ल्यान्डबीच भएको खेलका क्रममा हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । फ्रान्सको लिलेबाट पक्राउ गरिएका उनीहरुलाई दंगामा संलग्न भएको आरोप फ्रान्सेली प्रहरीले लगाएको छ ।
फ्रान्समा जारी युरो कपअन्तर्गत गत बुधबार भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको थियो । मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो ।
झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका थिए । रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण गरेपछि झडप शुरु भएको थियो ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घटनाको निन्दा गर्नुका साथै रुसी फुटबल संघलाई १ लाख ५० हजार युरो जरिवाना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्