५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


संगीतमा लाग्ने चाहना पूरा भएन : दाहाल, ‘रागिनी’को विमोचन (गीतको भिडियो)


0
Shares

काठमाडौं, असार १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गीत–संगीतले मानिसलाई सभ्य र सुसंस्कृत बनाउने उल्लेख गर्दै  बाल्यकालदेखि संगीतमा लाग्ने आफनो चाहना पूरा नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आफ्नै नातिनी गायिका स्मिता दाहालको गीतिसंग्रह ‘रागिनी’को विमोचन गर्दै उनले गीत–संगीतमा सफल हुन साधना, वंशाणुगत् गुण र उचित वातावरणको जरुरी हुने बताए ।

कार्यक्रममा गीतकार योगेन्द्रमणि दाहाल, संगीतकार सुनिल मास्के र म्युजिक भिडियो निर्देशक सहेन्द्र श्रेष्ठलगायतका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्