
काठमाडौं, असार १ । भारत प्रशासित जम्मु कश्मिरको जम्मुमा एकजना मुस्लिम युवाले मन्दिर तोडफोड गरेपछि साम्प्रदायिक तनाव बढेको छ ।
तनाव बढ्दै गएपछि सहरमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।
हिन्दू समर्थक प्रदर्शनकारीहरुले प्रहरीचौकीमा पसेर गाडी तोडफोड गर्नुका साथै विद्यालयमासमेत क्षति पुर्याएका छन् । प्रहरी र प्रदर्शनकारीबीच घन्टौं झडप भएको छ ।
त्यहाँको प्रहरीले ५० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मुस्लिम युवाले स्थानीय रुपनगर क्षेत्रमा रहेको शम्भु मन्दिर तोडफोड गरेका थिए । मन्दिरका पूजारीलाई पिटेपछि तनाब बढेको स्थानीय प्रहरीको भनाइ छ ।
घटनाको विरोधमा हिन्दूवादी संगठनले बुधबार जम्मुमा आमहडताल आह्वान गरेका छन् ।
मन्दिर तोडफोडमा संलग्न युवालाई प्रहरीले पक्रेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्