१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


युरोकपमा आजदेखि दोस्रो चरणका खेल, भिड्दैछन् यी टोली


0
Shares

काठमाडौं, असार १ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा बुधबारदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् ।

नेपाली समयअनुसार बेलुकी पौने ७ बजे रुस र स्लोभाकिया भिड्दै छन् । पहिलो खेलमा रुसले इंग्ल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकिया वेल्ससँग पराजित भएको थियो ।

राति समूह ‘ए’का दुई खेल हुँदैछन् । राति पौने १० बजे स्वीट्जरल्यान्डको भिडन्त रोमानियासँग हुँदैछ ।

त्यस्तै, राति (विहीबार बिहान) पौने १ बजे आयोजक फ्रान्सले अल्बानियासँग खेल्नेछ । पहिलो चरणका खेलमा फ्रान्स र स्वीट्जरल्यान्ड विजयी भएका थिए ।

आजको खेलमा विजयी भए स्वीट्जरल्यान्ड र फ्रान्स आपसमा भिड्नुअघि नै अर्को चरणमा पुग्नेछन् ।