
कञ्चनपुर, असार १ । कञ्चनपुरमा हत्याका घटना बढ्दै गएका छन् । जिल्लामा चार महिनाको अवधीमा ६ वटा घटनामा सात जनाको हत्या भएको छ ।
गत फागुनदेखी जेठसम्म ४ पुरुष र ३ महिलाको हत्या भएको हो । गत फागुन १६ गते कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्या भएदेखि हालसम्म सात जनाको हत्या भईसकेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म भएका हत्याका घटना लागु औषधको बढ्दो प्रयोग, मदिरा सेवन, प्रेम सम्बन्ध तथा अनैतिक शारीरिक सम्बन्ध नै मुख्य कारण भएको पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता केदार खनालले बताए ।
जिल्लामा हत्याका घटना बढ्दै गएको भन्दै स्थानीय बुद्धिजिवी, नागरिक समाज, मानव अधिकारकर्मीलगायतले भने चिन्ता ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्