
काठमाडौं, असार १ । पाकिस्तान र अफगानिस्तानको सीमामा हालै भएको तनावपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । पाकिस्तानले भारी हतियारसहितको सुरक्षाकर्र्मीको टोलीको तैनाथी बढाएको हो ।
पाकिस्तानले आफगानिस्तानको सीमामा रहेको तोर्खम चौकीमा गेट बनाउने बिषयमा अफगानिस्तानी सुरक्षाकर्मीले विरोध गरेपछि विवाद बढेको हो ।
भिसा नियम लागू गर्नका लागि गेट बनाउने पाकिस्तानले योजना बनाएपछि त्यसको बिरोध भएपपछि दुबैपक्षबीच भएको झडपमा पाकिस्तानी सैन्य अधिकारीको मृत्यु भएको थियो । सुरक्षाकर्मीको तैनाथी बढाएकोमा भने अफगानी सुरक्षाकर्मीहरु रुष्ट छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्