८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


फ्रान्समा हजारौं मजदुरले गरे प्रदर्शन, झडपमा ४० जना घाइते


0
Shares

काठमाडौं, असार १ । फ्रान्समा श्रम सुधारसम्बन्धी कानुनको विरोधमा हजारौं मजदुरले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ४० जना घाइते भएका छन् ।

घाइते हुनेमा २९ प्रहरी छन् । प्रदर्शनका क्रममा करिब ६० जनालाई गिरफ्तार गरिएको छ । राजधानी पेरिसमा भेला भएका हजारौं प्रदर्शनकारीले सरकारबिरुद्ध नारा लगाउँदै शहरको परिक्रमा गरेपछि यातायात सेवा समेत प्रभावित बनेको थियो ।

प्रदर्शनमा ट्याक्सी चालकदेखि विभिन्न क्षेत्रमा कार्यरत मजदुर सहभागी रहेको बताइएको छ । प्रदर्शनका कारण प्रख्यात आइफल टावरसमेत बन्द गर्नु परेको जनाइएको छ ।

फ्रान्समा श्रमसम्बन्धी कानुन तल्लो सदनले पारित गरेपछि माथिल्लो सदनले अनुमोदन गर्न बाँकी रहेकै बेला यसको विरोधमा प्रदर्शन भएको हो ।

प्रदर्शनकै कारण फ्रान्समा जारी युरो कपमा समेत असर पर्न सक्ने भएकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रदर्शनकारीहरुले भने उक्त प्रस्ताव फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने जनाएको छ । (एजेन्सी)