
काठमाडौं, जेठ ३२ । भारतले उडिसाको अडानी समुहको एक कम्पनीमा काम गर्ने दश जना चिनियाँ नागरिकलाई भारत छोड्न आदेश दिएको छ ।
ती चिनियाँ नागरिकलाई असार ३ सम्म भारत छोड्न भनिएको छ । उडिसा प्रहरीले यी दश मध्ये दुई जना भने वेपत्ता रहेको जनाएको छ ।
व्यवसायिक भिसामा रहेका उनीहरुले अडानी समुहका लागि काम गर्ने थाइल्याण्डको धर्मा पोर्ट कम्पनीको विस्तारीकरण परियोजनामा माटो परिक्षणको काममा संलग्न थिए ।
उनीहरुको कामदार भिसा हुनु पर्ने अधिकारीहरुले जनाएका छन् । उडिसाको भद्रकदेखी १५ किलोमिटरमा भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान व्हीलर आइल्याण्ड अर्थात एपीजे अब्दुल कलाम टापु रहेको छ । यही टापुबाट भारतले विभिन्न मिसायल प्रक्षेपण गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्