९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाल-भारतको एउटा सिमानाः मानव तस्करीको ‘ट्रान्जिट पोइन्ट’ (भिडियो हेर्नुहोस)


0
Shares

-डिल्लीराज पन्त, ईमेज

कञ्चनपुर, जेठ ३२ । गत बर्षको बैशाखमा आएको भूकम्पपछि मानव तस्करीका घटना ह्वात्तै बढेको छ । मानव तस्करी रोक्न भारतसँग सीमा जोडिएका जिल्लाहरुमा प्रहरीले सक्रियता बढाएपनि दलालहरुले नयाँ नयाँ बाटोको प्रयोग गर्दै आइरहेका छन् ।

पछिल्लो समय कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट मानव तस्करीको घटना बढ्दै गएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी पछिल्लो समय मानव तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ ।

काठमाडौं, पोखरा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरुवाट दलालहरुको सेटिङमा तस्करहरुले मानव तस्करीको बाटोमा कञ्चनपुरलाई रोज्ने गरेको पाईएको हो ।

कञ्चनपुरको सदरमुकाम महेनद्रनगरमा २-३ दिन सम्म युवतीहरुलाई राखेर महेन्द्रनगर बाट गड्डाचौकी हुंदै भारतीय शहर बनवासा सम्म पुर्‍याउने गरेको पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनाल बताउँछन् ।

पछिल्लो समय सिमा नाका चेकजाँचमा कडाई हुन थालेपछि तस्करहरुले स्थानीय ब्यक्ति तथा मुन्द्रे यातायातका नाममा संचालन भएका मोटरसाईकल मार्फत तस्करहरुले उनीहरुलाई भारतीय सिमा वजार बनवासा सम्म पुगाउने र त्यहांवाट सिधै दिल्ली लगिने गरेको पाईएको छ  ।

माइती नेपाल कञ्चनपुरले मात्रै भूकम्प पछिको अवधिमा पश्चिमी नाका गड्डाचौकी बाट २ सय ६० जनाभन्दा बढी महिलाको उद्धार गरिसकेको र १८ जना महिला को भारतका विभिन्न शहरवाट जोखिममा परिसके पछि उद्धार गरीएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट बताउछिन् ।