५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


दरौंती किनारमा हनुमाने र मंगलीले गरेको रोमान्स भिडियोमा


0
Shares

काठमाडौं, जेठ ३ । केहि समय अघि नेपाली सांगीतिक बजारमा एउटा गीत र म्युजिक भिडियोले तहल्का नै पिट्यो । नेपालका चर्चित कलाकार बुद्धि तामाङ (हैट) ‘हनुमाने’ र रजनी गुरुङ ‘मंगली’ले अभिनय गरेको म्युजिक भिडियो ‘राफ्टिङ्ग तरेर’ले राम्रै चर्चा कमायो ।

चलचित्र ‘कबड्डी’ तथा टेलिचलचित्र ‘मेरी बास्सै’बाट चर्चामा रहेका बुद्धि तामाङको यो पहिलो म्युजिक भिडियो हो । रजनी भने गुरुङ भाषाको चलचित्र र म्युजिक भिडियोमा ब्यस्त कलाकार हुन । यो जोडी मेरीबास्सै टेली चलचित्रबाट चर्चामा छन् ।

विकास उप्रेतीले गाएको यो गीतमा म्युजिक भिडियो बनाउने काम गरेका हुन् फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले । म्युजिक भिडियोमा फरकपन खोजिरहेका नबिन बाबु गुरुङलेयो जोडीलाई पर्दामा उतार्न निकै नै समय कुर्नु परेको बताए ।

म्युजिक भिडियोमा चलिरहेको धार भन्दा केहि फरक गर्ने अभिप्राय अनुरुप आफूले नौलो प्रयोग गरेको निर्देशक गुरुङको बुझाइ छ । उनी भन्छन्ः म्यूजिक भिडियो निर्माण गर्ने ट्रेनलाई केही परिवर्तन गर्न खोजेको छु, सबैलाई मन नपर्न सक्छ ।’

कलाकारको यो जोडीलाई दर्शकले झट्टै नपत्याउला कि भनेर उनीहरुले गरिरहेको काम र दर्शकले देखिरहेको भन्दा केहि मात्र फरक गरेको निर्देशक गुरुङ्ले बताए ।

गीतलाई शब्द र लय भर्ने काम किरण भण्डारीले गरेका छन् भने म्युजिक भिडियोलाई सम्पादन गर्ने काम जिबन थापाले गरेका हुन् । गोरखा जिल्लाको छेपेटार वरपर छायांकन गरिएको यस म्युजिक भिडियोलाई स्ट्रीटनेपालले निर्माण गरेको हो । दरौंती नदी किनारामा कलाकारद्वयले गरेको रोमान्स हेर्न लायक छ ।