१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोपा अमेरिका फुटबल : हाईटीको पोस्टमा इक्वेडरको चार गोल


0
Shares

काठमाडौं, जेठ ३१ । कोपा अमेरिका फुटबलअन्तर्गत आज बिहान भएको खेलमा ईक्वेडरले हाईटीलाई ४–० ले पराजित गरेको छ ।

खेलमा ईक्वेडरलाई विजयी गराउन ईनर भ्यालेन्सिया, जेमी अयोभी, क्रिश्चियन नोबोवा र एन्टोनियो भ्यालेन्सियाले एक–एक गोल गरे ।

जितसँगै ईक्वेडरले समूहका तीन खेलबाट ५ अंक जोड्दै क्वाटरफाईनल प्रवेशको सम्भावना बलियो पारेको छ । यो समूहको अन्तिम खेल अन्तर्गत ब्राजिल र पेरुको भिडन्तपछि समूहबाट क्वाटरफाईनल पुग्ने दुईवटै टोलीको टुंगो लाग्नेछ ।

ब्राजिल र पेरु दुवै टोलीले समूहको सुरुवाती दुई खेलबाट ४–४ अंक जोडेका छन् ।