
लखनउ, जेठ ३० । भारतको उत्तरप्रदेशस्थित लखनउमा एउटा गीत छायांकनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नायक कुणाल खेमु घाइते भएका छन् ।
शनिबार राति अबेर भिडियो एल्बम ‘साँवरे’ को एउटा गीतको छायांकन भइरहेको समयमा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेका हुन् । मुस्लिम धर्मावलम्बीको पवित्र स्थलमा छायांकन गरिएको भन्दै स्थानीयले ढुंगामुढा गरेको बताइएको छ ।
छायांकनमा प्रयोग गरिएको क्यामेरासमेत स्थानीयले फुटाइदिएका छन् ।
स्थानीयको आक्रमणमा नायक खेमुको हातमा चोट लागेको बताइएको छ । सो भिडियोमा खेमुका साथ अभिनेत्री वर्तिका सिंहको अभिनय गर्दै थिइन् ।
प्रतिक्रिया दिनुहोस्