५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कन्सर्टपछि गोली हानी गायिकाको हत्या


0
Shares

काठमाडौं, जेठ २९ । अमेरिकाको फ्लोरिडा राज्यस्थित ओरल्यान्डो सहरमा शनिबार सांगीतिक कन्सर्टपछि गायिका क्रिस्टिना ग्रिमीलाई गोली हानी हत्या गरिएको छ ।

कार्यक्रमपछि प्रशंसकलाई ‘अटोग्राफ’ दिइरहेका बेला एकजना बन्दुकधारीले उनलाई गोली हानेको त्यहाँको प्रहरीले जनाएको छ । २२ वर्षीया क्रिस्टिनाको उपचारकाक्रममा निधन भएको हो ।

क्रिस्टिनाका भाइले आक्रमणकारीलाई पक्रे पनि उसले आफूलाई पनि गोली हानेर आत्महत्या गरेको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । (एजेन्सी)