१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पानामा विरुद्धको खेलमा मेसीले गरे ह्याट्रिक, अर्जेन्टिना क्वार्टरफाइनलमा


0
Shares

काठमाडौं, जेठ २९ । समुह चरणमा लगातार दोस्रो जित दर्ता गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान अमेरिकाको सिकागोमा भएको खेलमा १० खेलाडीमा सिमित पानामालाई ५–० को फराकिलो हार चखाउदै अर्जेन्टिनाले एक खेल अघि नै अन्तिम ८ मा स्थान बनाएको हो ।

अर्जेन्टिनालाई फराकिलो जित दिलाउन लियोनल मेसीले ह्याट्रिक पुरा गर्दा  निकोलस ओटिमेन्डी र सर्जियो अग्युरोले एक–एक गोल गरे ।

प्रतियोगितामा पहिलो खेल खेल्ने क्रममा दोस्रो हाफमा मात्रै मैदान प्रबेश गरेका मेसीले १९ मिनेटभित्र ह्याट्रिक पूरा गरे । समूह डीमा रहेको अर्जेन्टिनाले यसअघी पहिलो खेलमा चिलीलाई २–१ ले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा बोलिभियालाई २–१ ले हराउदै चिलीले नकआउट चरण प्रबेशको सम्भाबना जिबितै राखेको छ ।

चिलीलाई बिजयी गराउन दुवै गोल अर्टुरो भिडालले गरे । आफ्नो पहिलो खेलमा बोलिभियालाइनै हराएको पानामा र चिलीबिच बुधबार हुने समुह चरणको अन्तिम खेलले समुह डि बाट दोस्रो चरण पुग्ने अर्को टोलीको टुंगो लाग्ने छ ।