८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


फ्रान्सका पाइलटले गरे आमहड्ताल, यूरोकप हेर्न आउने दर्शकलाई समस्या


0
Shares

काठमाडौं, जेठ २९ । फ्रान्सको राष्ट्रिय विमान सेवा एअर फ्रान्सका पाइलटहरुले चार दिने आमहड्ताल सुरु गरेका छन् ।

कामदारलाई कुनै पनि समय नियुक्त गर्न र हटाउन सक्ने प्रावधान रहेको नयाँ श्रम नीति खारेज गर्न माग गर्दै आमहड्ताल गरिएको हो ।

यसबाट यूरो कप आयोजक फ्रान्समा प्रतियोगिताको आज दोस्रो दिनको खेल हेर्ने हजारौं फुटबल समर्थकको योजना प्रभावित हुने भएको छ ।

एअर फ्रान्सले आज आफ्नो ३० प्रतिशत उडान रद्द गरेको जनाएको छ । तर खेल सञ्चालन हुने शहरहरुमा हवाई सेवालाई प्राथमिता दिने बताइएको छ ।

प्रतियोगिता सञ्चालन हुने दश शहरमा ७० लाख मानिसले भ्रमण गर्ने अनुमान गरिएको छ ।

राष्ट्रपति फ्रास्वाँ ओलाण्डले यूरोकप प्रतियोगितालाई ब्यवधान नगर्न श्रम युनियनहरुलाई चेतावनी दिएका छन् । रेल सेवा भने नौ दिने हड्तालपछि पुनः सञ्चालनमा आएको छ ।(एजेन्सी)