१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


मेक्सिको र भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं, जेठ २८ । मेक्सिको र भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वेसँगै जमैका पनि समूह चरणबाटै बाहिरिएको छ ।

अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समूह सी को आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह चरणमै सकिएको हो । खेलको ३५ औं मिनेटमा भेनेजुएलाका होजे सालोमन रन्डनले गरेको गोल निर्णायक बन्यो । उरुग्वे समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो ।

यसैगरी समूह सी कै अर्को खेलमा मेक्सिकोले जमैकालाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मेक्सिकोका लागि जेभियर हेर्नान्डेजले १८ औं र ओरेविक पेराल्टाले ८१ औं मिनेटमा गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्‍याए । जमैकाले आफ्नो पहिलो खेलमा भेनेजुएलासँग पराजय भोगेको थियो ।

समुहको अन्तिम खेलमा भेनेजुएलाले मेक्सिकोसँग खेल्नेछ भने उरुग्वेले जमैकासँग खेल्नेछ ।