
मुम्बई, जेठ २८ । भारतीय फिल्म इतिहासमै निकै सफल मानिएको चलचित्र ‘बाहुबली’ को दोस्रो संस्करणका लागि तयारी थालिएको छ । एसएस राजामौलीको आगामी चलचित्र ‘बाहुबली–२’ का लागि कलाकारहरु समेत तयारीमा जुटेका छन् ।
उक्त चलचित्रको पूर्वतयारी सम्बन्धि केही तस्वीर सार्वजनिक भएका छन्, जसमा नायिका तमन्ना भाटिया घोडा चढ्न सिकिरहेकी छन् ।
‘बाहुबली’ को दोस्रो शृंखलामा तमन्नाको भूमिका निकै चुनौतिपूर्ण रहने बताइएको छ । तमन्नालाई जीतु वर्माले प्रशिक्षण दिइरहेका छन् । वर्माले यसअघि कंगना रनौत र सोनाक्षी सिन्हालाई पनि प्रशिक्षण दिएका थिए ।
तमन्नाका अनुसार उनले यस चलचित्रका लागि तलवार चलाउन समेत प्रशिक्षण लिएकी छन् । आफूले यस चलचित्रका लागि पहिलो पटक घोडामा सवार भएको अनुभवसमेत सुनाइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्