
काठमाडौं, जेठ २८ । कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वे यसपटक भने समुह चरणबाटै बाहिरिएको छ ।
अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह चरणमै सकिएको हो । खेलको ३५ औं मिनेटमा भेनेजुएलाका होजे सालोमन रन्डनले गरेको गोल खेलको निर्णायक गोल बन्यो ।
यो जितसँगै भेनेजुएला प्रतियोगिताको क्वारटफाईनल नजिक पुगेको छ भने १५ पटकको कोपा अमेरिका च्याम्पियन उरुग्वे दुई खेलबाट एक अंक पनि जोड्न नसकी बाहिरिएको छ ।
समुहको अन्तिम खेलमा भेनेजुएलाले मेक्सिकोसँग खेल्नेछ भने उरुग्वेले जमैकासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्