
काठमाडौं, जेठ २७ । विश्वका सबैभन्दा धनी व्यक्ति विल गेट्सले अफ्रिकाको सव सहारा क्षेत्रका अत्यन्त विपन्न परिवारलाई सहयोग गर्न १ लाख कुखुरा सहयोग गर्ने भएका छन् ।
माइक्रोसफ्टका संस्थापक विल गेट्सले यो योजनाबाट अति गरिबीको अवस्थाबाट गुज्रिरहेकाहरुलाई सहयोग पुग्ने बताएका छन् ।
उनले योजनाअनुसार १ लाख कुखुरा सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका हुन् ।
कुखुराको सहयोगबाट एक वर्षमा १ हजार डलरसम्म आम्दानी गर्नसक्ने गेट्सको अनुमान छ ।
संयुक्त राष्ट्रसंघले अफ्रिकाको सब सहारा क्षेत्रमा ४१ प्रतिशत र विश्वमै करिब ८० करोड मानिस अति गरिब रहेको अनुमान गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्