८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


लडाकूद्धारा ६० इथियोपियाली सेनाको हत्या , ११० जना लडाकू पनि मारिए


0
Shares

काठमाडौं, जेठ २७ । सोमालियामा इस्लामिक लडाकू समूह ‘अल सबाब’ले मध्य सोमालियामा रहेको अफ्रिकन युनियनको वेसमा आक्रमण गरी ६० जना इथियोपियाली सेनाको हत्या गरेको दाबी गरेको छ ।

यसको बदलामा अफ्रिकी युनियनले १ सय १० जना लडाकूको हत्या गरेको जनाएको छ । हाल्गनका बासिन्दाले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।

अल सबाबले अफ्रिकी युनियनमा आबद्ध केन्या, बुरुन्डी, युगान्डाका सेनामाथिसमेत आक्रमणको निशाना बनाउने गरेको छ ।

अल सबाबको प्रभाव निस्तेज पार्ने लक्ष्यकासाथ अफ्रिकी युनियनले सोमालियाली सरकारलाई सैन्य सहयोग गरिरहेको छ । (एजेन्सी)